अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघले टर्च बालेर सरकार खोज्दा लाठी प्रहार

युवा संघले टर्च बालेर सरकार खोज्दा लाठी प्रहार


काठमाडौं -शेरबहादुर देउवा नेतृत्वको सरकारले विरोधीमाथि तिब्र दमन थालेको छ । एमसिसीकी उपाध्यक्ष फातिमा नेपाल आएको मौका पारेर देउवा सरकारले विरोधीमाथि दमन थालेको हो ।
राजधानीमा नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघले गरेको विरोध प्रदर्शनमा प्रहरीले निर्मम दमन गरेको हो । काठमाडौंको नयाँ वानेश्वरमा सभा पछि टर्च लाइट जुलुस गरेका युवा संघका कार्यकर्ता तथा सर्वसाधारणमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

युवा संघको सभा विथोल्न प्रहरीले सुरु देखि नै प्रयास गरेको थियो । त्यही देखेर संघका अध्यक्ष किरण पौडेलले आफ्नो भाषणमा दमन नगर्न, प्रदर्शन र सभा नबिथोल्न सरकारलाई चेतावनी दिनुभएको थियो । सभा लगत्तै नयाँ बानेश्वर चोकमा प्रहरीले हस्तक्षेप गरी टर्चलाइट जुलुस प्रदर्शन विथोलेको हो ।

देउवा सरकारले केही दिन अघि विज्ञप्ति प्रकाशित गरी विरोधमा संयमता अपनाउन चेतावनी जारी गरेको थियो ।
देउवा सरकारले युवा संघका यस अघिका कार्यक्रममा पनि प्रहरी लगाएर दमन गर्दै आएको छ ।

आजको प्रदर्शनमा टर्च लाइट बोकेर देउवा सरकार हरायो, खोज्नुपर्छ भन्दै हजारौं युवाले प्रदर्शन गरेका थिए । प्रहरीले लाठी प्रहार गरेर टर्च लाइट जुलुस प्रदर्शन विथालेपछि नयाँ बानेश्वर क्षेत्र अशान्त बनेको छ । राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले  भन्नुभयो– ‘देउवा सरकारले अहिले हाम्रो प्रदर्शनमा हस्तक्षेप गरेर देखाएको नाङगो नाँच सारा विश्वले देखेको छ । अब यो अत्याचारी सरकारलाई हामी कडा जवाफ दिनेछौं ।’