काठमाडौं– बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ ।
डाबर नेपालको प्रवन्धक निर्देशकसमेत रहनुभएका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो।
राणा मिर्गौला, मधुमेह र रक्तचाप सम्बन्धी समस्याबाट पीडित रहँदै आउनुभएको थियो । नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा रहनुभएका उहाँ सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत हुनुभएको थियो ।
राणा राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव समेत हुनुभएको थियो ।
प्रतिक्रिया