काठमाडौं– नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिका सन्तुलित नभएको बताउनुभएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले सचिव योगेश भट्टराईले सभामुखको भूमिका पक्षपाति भएको बताउनुभएको हो ।
एमालेप्रति वैरभाव देखाएको भन्दै यस्तो नगर्न उहाँले सभामुखलाई आग्रहसमेत गर्नुभयो । एमालेको अवरोधका बीच सभामुख सापकोटाले शुक्रबार सदनको कामकारबाही अघि बढाउनुभएको थियो ।
त्यस्तै, नेता भट्टराईले आफू पार्टीको प्रवक्ता नरहेको पनि स्पष्ट पार्नुभयो ।
‘सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि हाम्रो लाईन पार्टीलाई २ जेठ २०७५ मा फर्काउनुपर्छ भन्ने थियो । त्यस समय हाम्रो पार्टीमा प्रवक्ता तोकिएकै थिएन । म प्रचार विभागको प्रमुख थिएँ,’ उहाँले भन्नुभयो, ‘यही विभागमार्फत पार्टीका जानकारीहरू प्रवाह हुने गरेकाले धेरैलाई म प्रवक्ता हुँ भन्ने लागेको थियो ।’





प्रतिक्रिया