अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बैठक ३ बजे बस्ने गरी स्थगित

एमाले बैठक ३ बजे बस्ने गरी स्थगित


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार अपरान्ह ३ बजे फेरि बस्ने गरी स्थगित भएको छ । शनिबार बिहान ९ बजेदेखि बसेको बैठक अहिले खाना खानका लागि स्थगित गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

‘बिहान ९ बजेदेखि बैठक बसेको थियो, अहिले खाना खानका लागि स्थगित गरिएको हो । अब आजै अपरान्ह ३ बजे फेरि बस्नेछ’, उहाँले भन्नुभयो ।

बिहान बसेको बैठकमा पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ । यसबारे निर्णय लिन फेरि अपरान्ह ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।