अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमै बस्ने दीपक गौतमको घोषणा, नेकपा एसको उपाध्यक्ष पद अस्वीकार

एमालेमै बस्ने दीपक गौतमको घोषणा, नेकपा एसको उपाध्यक्ष पद अस्वीकार


इटहरी– इटहरी उपमहानगरपालिकाको नेकपा एसका उपाध्यक्ष दीपक गौतमले पद अस्वीकार गर्नुभएको छ ।

एमाले-माओवादी एकतापछि बनेको नेकपाको इटहरी–४ का अध्यक्षसमेत रहनुभएका गौतमलाई नेकपा एस इटहरीका नेता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव केशव विष्टले उपाध्यक्ष प्रस्ताव गर्नुभएको थियो । गौतमले भने पार्टी विभाजनको पक्षमा नलाग्ने भन्दै उपाध्यक्ष पद अस्विकार गर्ने बताउनुभएको छ ।

‘विगतदेखि नै नेकपा एमालेमा आवद्ध भइ आएको सबैमा अवगतै छ । केही दिन अघिदेखि उत्पन्न पार्टीभित्रको राजनीतिक घटनाक्रमले निस्ठा र इमानदार कार्यकर्ताहरूको भावनाविपरीत पार्टी गुट-फुट हुँदै विभाजनसम्म पुगेकाले म कुनै पनि विभाजनमा नलाग्ने जानकारी गराउँछु,’ गौतमले विज्ञप्ति जारी गर्दै उल्लेख गर्नुभएको छ ।

इटहरीमा एमालेबाट निर्वाचित मेयर र उपमेयरसहित ६१ जना जनप्रतिनिधिमा दुई जनप्रतिनिधिले मात्रै नेकपा एस रोजेका छन् । मनोनित कार्यपालिका सदस्य गौरीमान परियार र वडा २ का सदस्य सन्तोष राईले मात्र नेकपा एस रोज्नुभएको छ ।