चितवन– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रचण्डको चरम अवसरवादी र अस्थिर चरित्रको कारण नेकपा विभाजित भएको बताउनुभएको छ ।
आउने महाधिवेशनमा माधव नेपाललाई पार्टी अध्यक्ष र प्रचण्डलाई आउने निर्वाचन पछि प्रधानमन्त्री बनाउने योजनाका साथ केपी ओली अघि बढेको अवस्थामा प्रचण्ड र माधव नेपाल मिलेर पार्टी फुटाएको उहाँले बाताउनुभयो । यसमा कांगे्रसले मलजल गरेको बस्नेतको भनाइ छ । ‘माधव नेपाल र प्रचण्डको कमजोर धातुलाई कांग्रेसले जलप लगलाउने काम गर्यो’, शनिबार चितवनको भरतपुरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै बस्नेतले भन्नुभयो ।
सर्वोच्च अदालतले दलित ह्विप नलाग्ने र अदालतबाट नै प्रधानमन्त्री तोक्ने संसारमा नै नभएको काइते फैसला गरेको उहाँले बताउनुभयो । अदालते संविधानको व्याख्या गर्नु पर्नेमा अपव्याख्या गरेको उहाँको भनाइ छ ।
सदन भित्र भइरहेको गतिविधि एमालेको इच्छाले नभएको पनि उहाँले प्रष्ट पार्नुभयो । सभामुख र गठबन्धनको कारण असहज अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । ‘सभामुखको भूमिका निष्पक्ष भएन, के एमालेलाई लगाउने कानुन र अरूलाई लगाउने कानु छुट्टै छ?,’ उहाँले प्रश्न गर्नुभयो ।





प्रतिक्रिया