अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सहमहामन्त्री डा. महतद्वारा रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त

कांग्रेस सहमहामन्त्री डा. महतद्वारा रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त


काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव एवं पूर्वसांसद रुक्मशमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सहमहामन्त्री डा. महतले आज एक शोक विज्ञप्ति जारी गरी कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री सुवर्णशमशेर राणाको कनिष्ट सुपुत्र रुक्मशमशेरको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । “राणाको असामयिक निधनको खबरले मलाई स्तब्ध बनाएको छ, यस दुःखद घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, सहमहामन्त्री डा. महतद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहमहामन्त्री डा महतले योग्य पिताका सुयोग्य सुपुत्रको रुपमा रुक्मशमशेर राणाले नेपालको लोकतान्त्रिक आन्दोलन, आर्थिक एवं औद्योगिक विकास, कूटनीतिक क्षेत्र तथा खेलकुदको विकासमा पुर्‍याउनुभएको योगदान अतुलनीय एवं अविस्मरणीय रहेको बताउनुभएको छ । डा. महतले स्व राणाको योगदानले नेपाली समाज र नेपाली कांग्रेसका कार्यकर्तालाई सधैँभर प्रेरणा दिने विश्वास लिनुभएको छ ।