काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज मध्याह्न १२ बजेका लागि बोलाइएको छ ।
संसदमा कसरी प्रस्तुत हुनेबारे छलफल गर्न बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
एमाले सांसदले शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका थिए । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए ।
शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएको थियो ।





प्रतिक्रिया