अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलायती १८ वर्षे किशोरीले जितिन् युएस ओपनको उपाधि

बेलायती १८ वर्षे किशोरीले जितिन् युएस ओपनको उपाधि


न्युयोर्क- बेलायती किशोरी इमा राडुकानुले यूएस ओपनको उपाधि जितेकी छन्।

न्युयोर्कमा भएको महिला एकल फाइनलमा इमाले क्यानेडिय किशोर खेलाडी लेलाह फर्नान्डेजलाई दुई शुन्यको सोझो सेटमा हराइन्।​

इमाले बेलायतका लागि सन् १९७७ पछि यूएस ओपनको उपाधि जितेकी हुन्। ४४ वर्ष अगाडी भर्जिनिया वाडेले यूएस ओपनको उपाधि जितेपछि कुनैपनि बेलायती महिला खेलाडीले यो प्रतियोगिताको उपाधि जित्न सकेका थिएनन्।

हाल बेलायती नम्वर एक खेलाडी बनेकी इमाले फर्नान्डेजलाई ६-४ र र ६-३ को सोझो सेटमा हराइन्। मानसिक र शारिरिक रुपमा पनि फर्नान्डेज भन्दा बलियो देखिएकी इमाले पहिलो सेट ६-४ चारले जितिन भने दोस्रो सेटमा ६-३ आफ्नो पक्षमा पारिन्।

विम्बल्डनबाट ग्राण्डस्लाम खेल्न सुरु गरेकी इमाले करियरको दोस्रो ग्राण्डस्लाम खेल्दा पहिलो उपाधि जितिन्। यसका साथै उनी महिला टेनिसको इतिहासमा छनौट चरण पार गरेर ग्राण्डस्लामको उपाधि जित्ने पहिलो महिला खेलाडी बेनकी छिन्।

उनले उपाधिसँगै हरेक खेलमा जित निकालेका कारण खेलको बोनस पनि १८ लाख पाउण्ड पाउने भएकी छिन्। त्यसमा उनले पुरस्कार रकम २५ लाख डलर पाइन्।