अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभामा एमाले अवरोध कायमै रहने

प्रतिनिधि सभामा एमाले अवरोध कायमै रहने


काठमाडौं– प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

पहिलो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधबीच टेबल गरेको उक्त विधेयक आज पारित गर्ने सम्भावना छ । यस्तै आजको बैठकमा गृहमन्त्री खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै उनले नै सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची छ ।

यसबाहेक अन्य विभिन्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । तर आजको बैठकमा पनि प्रमुख विपक्षी नेकपा एमालेले अवरोध कायमै राख्ने भएको छ ।