काठमाडौं -सत्तापक्षलाई दल विभाजन अध्यादेशको डर कति रहेछ भन्ने कुरा जनता समाजवादी पार्टीका नेताहरुको भनाइबाट स्पष्ट हुन्छ ।
सो पार्टीका सबै साँसदहरु मन्त्री बन्न लालायित छन् । पार्टीले भागवण्डामा पाउने मन्त्रालय थोरै मात्र भएकोले मन्त्रीमा नआँटेका साँसदहरुले पार्टी विभाजन गर्न सकने त्रास अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुमा छ ।
अध्यक्ष यादवले अधिकांस साँसदलाई मन्त्रीको आश्वासन दिएर आफूसँग राखेपनि सबैलाई मन्त्री दिन पुग्ने अवस्था छैन । यस्तो अवस्थामा मन्त्री नपाएका साँसदहरुले तुरुन्त पार्टी विभाजन गर्न सकने भय नेताहरुमा छ । चारजना साँसद भए जसपा फुट्न सक्छ । जसले गर्दा अध्यादेश फिर्ता गरेर आफु खुशी मन्त्री नियुक्त गर्ने सोचाइमा अध्यक्ष यादव हुनुहुन्छ ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ भदौमा ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८’ जारी गर्नु भएको थियो । जसमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य पुगेमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ। यही प्रावधानको आधारमा एमालेको एउटा धार पार्टीबाट अलग भएको छ ।





प्रतिक्रिया