अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिको नाम मागेको तीन दिन वित्दा पनि कसैले नदिएपछि सत्ता गठबन्धनको बैठक बालुवाटारमा

मन्त्रिको नाम मागेको तीन दिन वित्दा पनि कसैले नदिएपछि सत्ता गठबन्धनको बैठक बालुवाटारमा


काठमाडौं -मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलसाग नाम मागेको तीनदिन वित्दा पनि कसैबाट नाम नआएपछि आज सत्ता गठबन्धनको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको हो। बैठकमा मन्त्रिपरिषद् विस्तार तथा संसदमा प्रतिपक्षी दलले गरिरहेको निरन्तर अवरोधबारे छलफलका एजेन्डा छन्।
बैठकमा तपाईंले किन मन्त्रीको नाम दिनुहुन्न भनेर नेताहरुलाई प्रधानमन्त्री देउवाले सोध्नु भएको सहभागी एक नेताले जानकारी दिनुभयो । गठबन्धनका नेताहरुले पहिले दल विभाजन सम्बन्धी ऋधयादेश निस्क्रिय पारौं त्यसपछि मात्र सरकार विस्तार गरौं भन्ने प्रस्ताव प्रधानमन्त्रीलाई गरेका छन् । दल विभाजन सम्बन्धी अध्यादेश कायमै राखेर मन्त्रिपरिषद विस्तार गर्दा पार्टी फुट्ने चिन्ता गठबन्धन दललाई छ ।