अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ मा मास्क नलगाउनेले सरकारी सेवा नपाउने

प्रदेश २ मा मास्क नलगाउनेले सरकारी सेवा नपाउने


जनकपुर -प्रदेश २ सरकारले मास्क नलगाइ सेवा लिन आउनेहरुलाई सरकारी सेवा नदिने भएको छ । सरकारले यो अभियानलाई नो मास्क,नो सर्भिसको नाम दिएको छ ।

प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कोरोना संक्रमितहरुको संख्यामा कमी आएको बैठकले ठहर गरेको छ । संक्रमितको संख्यामा कमी आएपनि सर्वसाधारणले मास्कको प्रयोग गर्न नमानिरहेकाले यो अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ ।

सरकारले सर्वसाधारणलाई मास्क प्रयोग गर्ने सम्बन्धमा सञ्चारमाध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशनरप्रसारण गराउने निर्णय पनि गरेको छ ।