खाँदबारी -सखुवासभाको मादी नगरपालिका -१ मा एकै परिवारका छ जनाको हत्या गर्ने अभियुक्त लोकबहादुर कार्कीलाई सावर्जनिक गरिएको छ ।
इलाका प्रहरी कार्यलय चैनपुरले आज पत्रकार सम्मेलन मार्फत कार्कीलाई सार्वजनिक गरेको हो ।
कार्कीले ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छ तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या गरेका थिए । सबैलाई चिपर्टले हानेर हत्या गरेको कार्कीले प्रहरीलाई बताएका छन् ।
प्रतिक्रिया