अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखलाई माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन : ओली

सभामुखलाई माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन : ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद देवकोटालाई माइक हान्ने आफूहरूको कुनै योजना नभएको स्पष्ट पार्नुभएको छ ।

संसदीय दलको आजको बसेको बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष ओलीले त्यसको खण्डन गर्नुभएको हो । ‘माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन,’ उहाँले भन्नुभयो ।

बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोस्नुभएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सभामुखको टाउकोमा माइक हाल्ने योजना रहेको प्रतिक्रिया दिनुभएको थियो ।