काठमाडौं- सत्तारुढ गठबन्धनले संसदमा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गर्नुपर्ने निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पाँच दलीय गठबन्धनले संसदमा जारी अवरोध हटाउन एमालेसँग वार्ता गर्ने निष्कर्ष निकालेको हो। बैठकले संसदको जारी अवरोध हटाउन वार्ता गर्ने र संसदमा पेश भएका महत्वपूर्ण विधेयकहरु अगाडि बढाउने निर्णय गरिएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो।
संसदमा पेश भएका महत्वपूर्ण विधेयक अगाडि बढाउने र संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी एमालेसँग वार्ता पनि गर्ने निष्कर्ष निकाल्यौँ,’ उहाँले बताउनुभयो ।
महामन्त्री खड्काले बैठकमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताउनुभयो।





प्रतिक्रिया