अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् खुलाउन सभामुख सापकोटा र सांसदहरूबीच छलफल

संसद् खुलाउन सभामुख सापकोटा र सांसदहरूबीच छलफल


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद बैठकमा नाराबाजी गर्न थालेपछि सभामुख अग्नि सापकोटाले छलफल थाल्नुभएको छ ।

उहाँले नयाँ बानेश्वरस्थित संसद् भवनको आफ्नो कार्यकक्षमा एमाले सांसदहरूसँग संसंद् खुलाउनका लागि छलफल थाल्नुभएको हो ।

छलफलमा सभामुख सापकोटासँगै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र एमालेका सांसद खगराज अधिकारी सहभागी हुनुहुन्छ ।

त्यस्तै, सरकारका तर्फबाट कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभागी रहनुभएका सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकबाट नै एमालेले अवरोध गर्दै आएको छ । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बैठकबाट निकाल्नु पर्ने अडान राख्दै आएको छ ।