काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरेपछि निकास खोज्न सभामुखले सोमबारका लागि बैठक बोलाउनुभएको हो ।
सभामुख सापकोटाले सोमबार दिउँसो २:३० बजे बस्ने गरी सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग अहिले देखिएको गतिरोध अन्त्य गर्न बैठक बोलाइएको हो ।





प्रतिक्रिया