अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस काउन्सिलका अध्यक्षसहित तीन पत्रकार सम्मानित

प्रेस काउन्सिलका अध्यक्षसहित तीन पत्रकार सम्मानित


दोलखा– दोलखाबाट प्रतिनिधित्व गर्दै मिडिया क्षेत्रमा राष्ट्रियस्तरमा पुग्न सफल भएका प्रेस काउन्सिलका अध्यक्षसहित जिल्लाका तीन पत्रकार आज सम्मानित हुनुभएको छ ।

सम्मानित हुनेमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा हुनुहुन्छ । दोलखामा जन्म भई पत्रकारिता क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भएका र पत्रकारिता क्षेत्रबाट जिल्लामा गर्नुभएको योगदानको प्रशंसा गर्दै चरीकोट मिडिया फाउन्डेसन तथा हुराडेक नेपालले सम्मान गरेको हो ।

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले काउन्सिलको नीति नियमअनुसार आफूले प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य मास्के र दिपक पाण्डे, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस चौतरी नेपालका वाग्मती प्रदेश संयोजक शरदचन्द्र सापकोटा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडाले शुभकामना व्यक्ति गर्नुभएको थियो ।