अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई शान्त गर्नासाथ सबै ठीक हुन्छ : सुवास नेम्वाङ

एमालेलाई शान्त गर्नासाथ सबै ठीक हुन्छ : सुवास नेम्वाङ


ठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले शान्त भएपछि सबै चीज ठीक हुने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘जसपाको हकमा, नेकपा माओवादी केन्द्रको हकमा सांसदहरूलाई कारबाही गरिएको सूचना दिनासाथ सभामुखबाट कारबाहीको सूचना जारी भयो । तर, हाम्रो हकमा किन भएन? प्रश्न यो हो,’ उहाँले भन्नुभयो, ‘हामी (एमाले) लाई शान्त गर्नासाथ सबै चीज ठीकठाक हुन्छ ।’

उपनेता नेम्वाङले एमालेले १४ जना सांसदलाई कारबाही गरेर पठाएको पत्रअनुसार सभामुखले सूचना टाँस गरेपछि शान्त हुने बताउनुभयो । ‘हामीले जुन उजुरी दिएका छौं त्यो उजुरी अनुसार उहाँ (सभामुख) ले सूचना टाँसिदिए हुन्छ । त्यो सूचना टासेपछि एउटा आधार बन्छ कि भन्ने लाग्छ,’ उहाँले भन्नुभयो ।

पार्टी विभाजित नहुँदै भदौ १ गते नेकपा एमालेले १४ सांसदलाई निष्कासनको कारबाही गरेको सूचना संसद सचिवालयमा दिएको थियो । उक्त सूचनालाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको एमालेको आरोप छ ।