काभ्रे– नेपाली कांग्रेस र विभिन्न पार्टी परित्याग गरी २ दर्जन युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मण्डनदेउपुर–११ जैसीथोकबाट विभिन्न पार्टी परित्याग गरी युवाहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी कार्यकर्तालाई पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद एवं एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले स्वागत गर्नुभयो ।
बास्कोटाले उहाँहरूलाई पार्टी सदस्यता सदस्यता प्रदान गनुृहुँदै देश र जनताप्रति उत्तरदायी भएर लाग्न र राजनीतिक भविष्य भएको पार्टीमा आउनुभएकोमा धन्यवाद दिनुभयो ।
प्रवेश गर्नेहरूमा जैसीथोकका सन्तबहादुर लामा, तलश लामा, किरण थापा, सुसन तामाङ, प्रेम तामाङ, सन्त तामाङ, कमल तामाङ, सुरज तामाङ, तिलक तामाङ, कालुमान तामाङ, कृष्ण तामाङ पासाङ तामाङ,धन बहादुर तामाङ, राजु तामाङ, सत्यमान तामाङ, गणेश तामाङ, तीर्थबहादुर तामाङ, हर्कबहादुर तामाङ, नारायण तामाङ रहेका छन् ।





प्रतिक्रिया