अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखले डाकेको सर्वदलीय बैठक आज

सभामुखले डाकेको सर्वदलीय बैठक आज


काठमाडौँ- संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

दिउँसो २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई डाकिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गरेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो ।

कारबाही गरिएका आफ्ना १४ सांसदलाई सभामुखले १३ दिनसम्म निर्णय नगर्दा दल विभाजन भएको भन्दै एमाले सभामुखविरूद्ध आन्दोलित छ । एमालेले सभामुखले गल्ती बोध गरेर आत्मालोचना गर्नुपर्ने अडान राख्दै संसद् अवरूद्ध गर्दै आएको छ ।

एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) ले भदौ ९ गते प्रमाणपत्र पाएको थियो ।

एमालेले कारबाही गरेका १४ सांसदको निर्णय आजै सर्वोच्च अदालतले गर्ने सम्भावना रहेकाले यही मुद्दालाई आधार मानेर अबको संसद बैठक अवरूद्ध हुने सम्भावना कम छ ।