काठमाडौं– संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने सचिवालयले जनाएको छ ।
बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
पुस ५ र जेठ ७ गतेको संसद् विघटनपछि सभामुख सापकोटा र अध्यक्ष ओलीबीच दुरी बढेको छ ।
एमालेले सिफारिस गरेका १४ नेतालाई कारबाही नगरेको भन्दै एमालेले सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ ।





प्रतिक्रिया