काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेले माधव नेपाल सहभागी हुने सर्वदलीय बैठकमा सहभागी नहुने अडान लिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा माधव नेपाललाई पनि दलीय हैसियतमा बोलाएपछि एमालेले अस्वीकार गरेको हो । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई टेलिफोनमार्फत आफूहरुले अवैध भनेको दल नेकपा एसको सहभागितामा हुने बैठकमा भाग नलिने जानकारी दिनुभयो ।
भट्टराईले सभामुख सापकोटाले माधव नेपालसहित १४ जनाको कारबाहीको सूचना टाँस्न वा राजीनामा गर्न आग्रह गरेको छ ।
विधिसम्मत तरिकाले दर्ता नभएको र आफूहरूले गैरसांसद भनेकाहरू सहभागी गराइएको बैठकमा आउन नसक्ने एमालेले बताएको छ ।





प्रतिक्रिया