अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले दायर गरेको मुद्दा ‘हेर्न नमिल्ने’मा

अध्यक्ष ओलीले दायर गरेको मुद्दा ‘हेर्न नमिल्ने’मा


काठमाडौं– माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ ।

१४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरिएको रिटमा सर्वोच्चले दुवै पक्षलाई सोमबार छलफलका लागि बोलाएको थियो । न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासमा पेसी तोकिएको थियो । तर, सर्वोच्चले हेर्न नमिल्नेमा राखेको छ ।

यसअघि गत मंगलबार ओलीको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो । साथै, विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो । रिटमा सभामुखले एमालेले गरेको कारबाही रोकेको र त्यही आधारमा निर्वाचन आयोगले दल दर्ता गरेको भन्दै कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्ने अन्तरिम आदेश दिन माग गरिएको छ ।