काठमाडौं – दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले २०७८ असोज ४ देखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिनुभयो ।
‘क’ वर्गका बैंकले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकमा नयाँ नोट पुगिसकेको नेपालले जानकारी दिनुभयो । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।
प्रत्येक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण गर्दा बैंकले नयाँ नोट वितरण गरेको थिएन । कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले यस वर्ष नयाँ नोट वितरण गर्न लागेको हो ।
कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गर्ने बताउनु भयो ।





प्रतिक्रिया