अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प


तेहरान– इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ ।

तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरूले जनाएका छन् ।

भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरूले बताएका छन् ।