अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादी : काठमाडौंमा बैठक राखेर प्रदेश १ संसदीय दलको नेता चुनियो

एकीकृत समाजवादी : काठमाडौंमा बैठक राखेर प्रदेश १ संसदीय दलको नेता चुनियो


विराटनगर– नेकपा एकीकृत समाजवादी प्रदेश नम्बर १ को संसदीय दलको नेता राजेन्द्र राई चयन हुनु भएको छ । काठमाडौंमा बैठक बसेर राइलाई संसदीय दलको नेता चयन गरेको हो । राई विरामी भएपछि उपचारका लागि काठमाडौं जानुभएको थियो ।

‘अधिकांश माननीयज्यूहरू काठमाडौं भएकोले उतै बैठक बसेर राइलाई संसदीय दलको नेता चयन गरेका हौं आज नै नेकपा (एस) ले भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा पठाउने तयारी भइरहेको छ,’ प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले भन्नुभयो ।

प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा १० जना सांसदले सनाखत गरेका थिए । उनीहरूले गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । आयोगले संसद सचिवालयलाई पत्रसमेत पठाइसकेको छ ।

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको थियो । १० जनाले हस्ताक्षर गरेसँगै मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परिसकेका छन् । मुख्यमन्त्री आचार्य भने सदनमा विश्वासको मत प्राप्त गर्ने आशामा छन् । उनीनिकट स्रोतकाअनुसार पार्टी अलग भए पनि समाजवादीतिर गएका सांसदले आफूलाई सघाउने विश्वास छ ।

प्रदेशसभामा हाल कायम संख्या ९२ छ । एमालेमा ५१ सांसद रहेका थिए । त्यसमध्ये एकजना गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छिन् । एमालेकै एक जना सभामुख रहेका छन् । ५१ रहेको एमाले खुम्चिएर ४१ मा झरेको छ । –न्युज कारखाना