अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन् : विप्लव

एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन् : विप्लव


काठमाडौं– नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताउनुभएको छ । एमसीसीविरुद्ध खुला मञ्चमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताउनुभयो ।

विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरू अबुझ हुँदा गाह्रो भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिमा आपत्ति जनाउनुभयो । ‘प्रधानमन्त्री देउवालेसमेत कुरै बुझेको छैन भनेछन् । पढेर त मान्छेले भनिराखेको छ । त्यसै भन्छ?,’ विप्लवले प्रश्न गर्नुभयो, ‘यहाँ प्रधानमन्त्री निवासको जमिन बेचेर खाने मान्छेले के भन्छ भन्दा तपाईले बुझ्नु भा’छ छैन । वैदेशिक रोजगारीमा नेपाली ठग्नेले भन्छ, तपाईंहरूले बुझेको छैन ।’

नेता विप्लवले जसले वास्तविक बुझेको छ उसले विरुद्धमा बोलेको पनि तर्क गर्नुभयो । ‘जसले बुझेर बाकस मात्रै देखेको छ, डलर मात्रै देखेको छ, उसले बुझपचाएको छ,’ उहाँले भन्नुभयो, ‘कुरा जनताले होइन देशका दलालले नबुझेका हुन् । नेपालभन्दा एमसीसीमा बढी तलब पाउँदा सचिवको आँखा बन्द भएको हो । उनले जनताले कुरा बुझेको होइन भन्छ । यहाँको सरकारभन्दा राम्रो डलर दिएपछि मान्छेहरू गुणगान गाइरहेका छन् ।’