अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखलाई दलहरूको सुझाव : अब एमालेलाई सहभागी हुनेगरी सर्वदलीय बैठक राख्नुहोला

सभामुखलाई दलहरूको सुझाव : अब एमालेलाई सहभागी हुनेगरी सर्वदलीय बैठक राख्नुहोला


काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटालाई संसदमा प्रतिनिधित्व गर्ने दलहरूले एमालेलाई सहभागी गराउन सुझाव दिउनुभएको छ ।

सोमबार बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले सभामुख सापकोटालाई प्रमुख प्रतिपक्षी दल एमालेलाई सहभागी गराउन सुझाव दिनुभएको हो ।

‘आजको बैठकमा एमाले सहभागी भएन । यसकारण बैठक निष्कर्षविहीन भयो’, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले भन्नुभयो, ‘अब एमालेलाई सहभागी हुनेगरी सर्वदलीय बैठक राख्न हामीहरूले सभामुखलाई सुझाव दियौँ ।’

प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अवरोध सिर्जना गरिरहेको छ । गत बुधबार, शुक्रबार र आइतबार तीन दिनका प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजीले अवरोध सिर्जना भएको थियो ।

सदनमा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले सोमबार सर्वदलीय बैठक बोलाइएको थियो ।