अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकाका विद्यालय आंशिकरूपमा खुला

उपत्यकाका विद्यालय आंशिकरूपमा खुला


काठमाडौं- उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार स्थानीय तहलाई दिएपछि उपत्यकाका विद्यालय आंशिकरूपमा खुल्न थालेका छन् । थोरै विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुल्न थालेका हुन् ।

विद्यालय खोल्ने विषयमा काठमाडौं र ललितपुर महानगरपालिकाले औपचारिक निर्णय गर्न सकेको छैन । दुई महानगरपालिका क्षेत्रमा कम विद्यार्थी भएका विद्यालय धमाधम खुल्न थाले पनि निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले काठमाडौं र ललितपुर महानगर शिक्षा समितिले निर्णय गरेपछि मात्रै विद्यालय खोल्ने जनाएका छन् । यद्यपि ती संस्था आबद्ध केही विद्यालयले ठूला कक्षा सञ्चालन गरिरहेका छन् ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले उपत्यकाका दुई महानगरपालिकाबाहेक अधिकांश नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेको बताउनुभयो । महानगरपालिकाको हकमा औपचारिकरूपमा निर्णय नगरेसम्म विद्यालय खोल्ने अवस्था नभएको उहाँको भनाइ छ ।