काठमाडौं– संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विपक्षीबिनै सदन चलाएर देखाउन चुनौती दिएको छ ।
प्रमुख राजनीतिक दलहरुले सभामुख अग्निप्रसाद सापकोटालाई एमालेको विश्वास लिन सुझाव दिए पनि मंगलबारको कार्यसूची सार्वजनिक गरेपछि एमालेले कडा चेतावनी दिएको हो । एमालेले माधव नेपालसहित १४ सांसदमाथिको कारबाहीबारे सभामुखले सूचना टाँस नगर्ने हो भने ‘मार्ग प्रशस्त’ गर्नुपर्ने बताएको छ ।
एमालेले सभामुखले जहाँबाट गल्ती गरेका हुन्, त्यहीँ फर्केर सच्याउनुपर्ने बटमलाइन सार्वजनिक गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सभामुखलाई एमालेले पत्र पठाउँदै भनेको छ, ‘कि सूचना टाँस्नुस्, हैन भने अब मार्ग प्रशस्त गर्नोस् ।’
ज्ञवालीले सरिता गिरी र टोपबहादुर रायमाझीसहित चार सांसदलाई तुरुन्त कारबाही गर्नुभएका सभामुखले एमालेसँग प्रतिशोध साँधेको भन्दै पछि नहट्ने चेतावनी दिनुभयो ।
ज्ञवालीले सभामुख आफ्ने निर्णयबाट पछि नहटे महाअभियोग लगाउनेसमेत संकेत गर्नुभएको छ ।





प्रतिक्रिया