झापा– झापाको कचनकवलमा नुहाउन गएका प्रहरीको पोखरीमा डुबेर मृत्यु भएको छ ।
झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी पिन्डलवारीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार माछापोखरीमा डुबेर प्रहरी जवान गिरीको मृत्यु भएको हो।
वडा नम्बर १ स्थित अवध राजवंशीसहित ८ जनाको लगानीमा बनाइएको माछा पोखरीमा गिरी नुहाउन गएका थिए।
गिरी २०७३ साल भदौ १५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए।







प्रतिक्रिया