अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली झापा आउँदै

एमाले अध्यक्ष ओली झापा आउँदै


झापा– नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापाको बिर्तामोडमा आयोजना गरिएको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउँदै हुनुहुन्छ ।

पार्टी विभाजनपछि जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्न अध्यक्ष ओली झापा आउन लाग्नुभएको हो ।

कार्यकर्ता भेलामा वडा अध्यक्षदेखि माथिल्लो कमिटीका नेता कार्यकर्ता सहभागी हुने कार्यक्रम छ ।

विर्तामोडको सिटी सेन्टरस्थित साई प्यालेसमा आयोजना गरिएको कार्यक्रमका लागि कार्यक्रमस्थल सजाइएको छ ।