काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन हुनुभएको छ ।
प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले गुरुङको अध्यक्षतामा १३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो ।
गुरुङ पूर्वमन्त्री तथा अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय अध्यक्ष हुनुभएको थियो ।
प्रदेश कमिटीको सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बराल रहनुभएको छ ।







प्रतिक्रिया