अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक स्वीकृत

एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक स्वीकृत


काठमाडौं– एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिनुभएको थियो । सभामुखले दिएको समयमा नेमकिपाका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिनुभएको थियो ।

जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभयो । बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गर्नुभयो ।

विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ ।