अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुमत पुर्‍याएर प्रदेश सरकार जोगाउने छौं : हिक्मत कार्की

बहुमत पुर्‍याएर प्रदेश सरकार जोगाउने छौं : हिक्मत कार्की


झापा– नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बहुमत जुटाएर प्रदेश १ सरकार जोगाउने दाबी गर्नुभएको छ ।

आज एमाले झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

‘प्रदेश सरकार जोगाउन हामी लागेका छौं, सामान्य बहुमत पुर्‍याएर सरकार जोगाउने छौं,’ नेता कार्कीले भन्नुभयो ।

प्रदेशसभा सदस्यसमेत रहनुभएका एमाले नेता कार्कीले असोज तेस्रो साता प्रदेशसभाको अधिवेशन आह्वान हुने बताउनुभयो ।

एमाले विभाजन भएर १० जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।