अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डले चुनावअघि नै राम्ररी कुरा बुझेको देख्दा खुसी लाग्यो : ओली

प्रचण्डले चुनावअघि नै राम्ररी कुरा बुझेको देख्दा खुसी लाग्यो : ओली


झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड)लाई साथ दिनेहरू दिनहुँ माओवादीबाट अलग भइरहेको बताउनुभएको छ ।

आज गृह जिल्ला झापामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘प्रचण्ड जीले सही कुरा मुखबाट प्वाक्क निकाल्नुभएछ । हामीले त वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो हुन्छ पो भन्नुभएछ । उहाँले चुनावअघि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले माधवकुमार नेपालको पार्टीले चुनावमा वडा सदस्यसमेत नजित्ने पनि बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले एकजुट रहेको समेत बताउनुभयो । उहाँले हिम्मत नहारेर एकजुट भएर अगाडि बढ्न आग्रहसमेत गर्नुभयो ।