अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधवको पार्टीले चुनावमा वडा सदस्यसमेत जित्न सक्दैन : ओली

माधवको पार्टीले चुनावमा वडा सदस्यसमेत जित्न सक्दैन : ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताउनुभएको छ ।

गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गायक जीवन शर्माको गीत स्मरण गर्दै भन्नुभयो ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’

अध्यक्ष ओलीले माधव नेपालले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उहाँको पार्टी नक्कली भएको बताउनुभयो ।

१५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएको भन्दै उहाँले भन्नुभयो, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ । पक्लक्क फुक्लियो ।’

अध्यक्ष ओलीले माधव नेपालले बनाएको पार्टीले आगामी चुनावमा वडा सदस्य पनि जित्न नसक्ने समेत बताउनुभयो ।