अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिल्लीबाट झलनाथको सनाखत नजिर देखाउँदै सर्वोच्चले माधवका सम्धीलाई खोल्यो नेकपा एस रोज्ने बाटो

दिल्लीबाट झलनाथको सनाखत नजिर देखाउँदै सर्वोच्चले माधवका सम्धीलाई खोल्यो नेकपा एस रोज्ने बाटो


काठमाडौं– सर्वोच्च अदालतले एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने बाटो खोलेको छ । पाण्डे समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुनुहुन्छ ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टको मागबमोजिम न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले नेकपा (एस) मा आबद्ध हुन पाउने हकमा कुनै असर पर्ने कामकारबाही नगर्न विपक्षी निर्वाचन आयोगसमेतका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा माधव नेपालको दल दर्ता निवेदनमा हस्ताक्षर नभएका झलनाथ खनालले नयाँदिल्लीबाट सनाखत गराएको र सनाखतलाई मान्यता दिएको नजिर प्रस्तुत गर्दै दल दर्ता नहुँदै निवेदनसहित पाण्डे र भट्ट आयोगमा उपस्थित भएकाले उनीहरू पनि आबद्ध हुन पाउने आदेशमा उल्लेख छ ।