अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनादेशबाट एमालेबाहेक अर्को सरकार आउन सक्दैन : अध्यक्ष ओली

जनादेशबाट एमालेबाहेक अर्को सरकार आउन सक्दैन : अध्यक्ष ओली


काठमाडौं– एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले पार्टी विभाजन गर्ने काम मात्र गरेको बताउनुभएको छ । अदालतको परमादेशबाट बनेर दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको सरकारले एमाले फुटाउने काम मात्र गरेको उहाँले बताउनुभयो ।

गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘कम्युनिस्ट सरकार ढाल्नुपर्छ । यसले विकास गर्‍यो भने प्रतिगमन हुन्छ भनेर अदालतको परमादेशबाट हटाइयो । हिम्मत छ जनादेशमा जान? यो परमादेशको सरकार हो । जनादेशबाट एमालेबाहेक अर्को सरकार आउन सक्दैन । त्यसकारण चुनाव भनेपछि थरर्र काप्छन् ।’

अध्यक्ष ओलीले चुनाव टारेर बनाएको सरकारको हविगत देखिएको उल्लेख गर्नुभयो । ‘सरकारको हविगत हेर्नुस् त दुई महिना बित्यो सरकार बनेन । मन्त्रिपरिषद् विस्तार भएन । दुई महिनादेखि तिनै चार जनाले र्‍याइँर्‍याइँ घुमाएका छन् । यो दुई महिना राम्रो केही गरेनन् । नराम्रोमात्रै गर्‍यो । पहिला सरकार बनाउन हाम्रो पार्टी फुटाइयो,’ उहाँले भन्नुभयो । –न्युज कारखाना