अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोटमा जीप दुर्घटना : दुईको मृत्यु, पाँच जना गम्भीर घाइते

जाजरकोटमा जीप दुर्घटना : दुईको मृत्यु, पाँच जना गम्भीर घाइते


जाजरकोट– जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जाजरकोटको बारिकोट गाउँपालिका-९ खारादेखि नल्का नगरपालिका ४ कालिमाटी जाँदै गरेको जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले बताउनुभयो ।

दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट बारेकोट-२ की ४४ वर्षीया शान्ती रोकाया र जुम्लाका जडीबुटी व्यापारी ५४ वर्षीय मंगल महतरा रहेको उहाँले बताउनुभयो ।

घाईतेको ६ जनाको अहिले जिल्ला अस्पताल जाजरकोट लगिएको छ । घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अरुको अवस्था सामान्य रहेको थापाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।