अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अग्नि सापकोटा सभामुख होइन अनुसन्धान विभाग प्रमुख हुनुपर्थ्यो : महेश बस्नेत

अग्नि सापकोटा सभामुख होइन अनुसन्धान विभाग प्रमुख हुनुपर्थ्यो : महेश बस्नेत


काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गर्नुभएको छ ।

एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले एमाले फुटाउने मतियार बनेको भन्दै सापकोटाको आलोचना गर्नुभएको हो । पूर्वमाओवादी सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहहरूको पदमुक्तिको सूचना २४ घण्टाभित्र टाँस गरेका सभामुख सापकोटाले माधव नेपालसहित १४ सांसदलाई एमालेले गरेको कारबाही पटक-पटक अध्ययन गर्दैछु भनेर रोकेर भेदभाव गरेको बस्नेतको भनाइ थियो ।

‘लेखराज भट्टहरूको २४ घण्टामा सूचना निकाल्नुभयो । माधव नेपालसहित १४ जनाको आजसम्म सूचना निकाल्नु भएन । पटक-पटक बुझ्दैछु । अध्ययन गर्दैछु । हेर्दैछु भन्नुभयो । सबभन्दा धेरै अध्ययन-अनुसन्धान गर्ने, जाँचबुझ गर्ने मान्छे अग्नि सापकोटा देखिन्छ,’ उहाँले भन्नुभयो, ‘सभामुख होइन अनुसन्धान विभाग प्रमुख बनाउने स्वभाव देखिन्छ । सापकोटाले आफ्नो छवि ध्वस्त बनाउदैछन् ।

सभामुखले कार्यव्यवस्था नबसी संसद बोलाएर परम्परा तोडेको बस्नेतको आरोप छ । ‘जबरजस्ती संसद् चलाए । मर्यादापालक बेलामा पठाइयो । संसद अवरोध भएको बेला सदन चल्दैन । वेल घेर्दा पनि सभामुखले अवरोध मान्नुभएन,’ उहाँले भन्नुभयो ।

बस्नेतले दौडिएर रोस्टममा पुगेका अर्थमन्त्री जनार्दन शर्माले पनि षड्यन्त्र गरेको आरोप पनि लगाउनुभयो । ‘अर्थमन्त्री जनार्दन शर्माको विगत हेर्नुभयो भने सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा ब्रिफकेश खोस्ने र सदनमा नौटंकी देखाउने यिनै जनार्दन शर्मा हुन् । यिनै अहिले कुदेर गए । उनको मनको पाप, षड्यन्त्रका कारणले दौडेर गरे,’ उहाँले भन्नुभयो । – न्युज कारखाना