अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यदललाई दुई दिनभित्र प्रतिवेदन बुझाउन माओवादी केन्द्रको निर्देशन

कार्यदललाई दुई दिनभित्र प्रतिवेदन बुझाउन माओवादी केन्द्रको निर्देशन


काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान पारित गरेको छ ।

आज बसेको स्थायी समिति बैठकले विभिन्न नेताले दिएका सुझावअनुसार पार्टी विधान पारित गरिएको केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । विधानलाई केन्द्रीय समितिमा लगेर अनुमोदन गरिनेछ ।

पार्टीले विष्णुप्रसाद श्रेष्ठको संयोजकत्वमा २२ जना सदस्य रहेको निर्वाचन आयोग गठन गरेको छ । आयोगलाई आफ्नो नियमावली र निर्देशिका बनाउनसमेत म्यान्डेट दिएको उहाँले बताउनुभयो । पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली र निर्देशिका बनाउन निर्देशन दिइएको हो ।

नेता महराले अन्य पार्टीसँगको एकताका लागि गठन गरेको कार्यदललाई एक(दुई दिनभित्रमा प्रतिवेदन बुझाउनसमेत निर्देशन दिएको बताउनुभयो । ‘कार्यदलले प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । फेरि उक्त प्रतिवेदनलाई अन्तिम रूप दिई एक(दुई दिनभित्रमा बुझाउन जिम्मेवारी दिइएको छ’, उहाँले भन्नुभयो ।

पार्टीले ४५ वटा पार्टीबाट विद्रोह गरेर पार्टीको सम्पर्कमा आएकालाई कसरी कुन तहमा समायोजन गर्ने भन्नका लागि कार्यदल गठन गरेको थियो ।

पार्टी प्रवक्ता महराले पार्टीको प्रदेश समितिका पदाधिकारीका थपघट सम्बन्धमा बैठकमा छलफल भए पनि निर्णय नगरिएको स्पष्ट पार्नुभयो ।

मन्त्रिपरिषद् विस्तार छिटोभन्दा छिटो गर्ने भन्ने पार्टीको धारणा रहेको भन्दै उहाँले आज मन्त्रिपरिषद् विस्तारका बारेमा कुनै छलफल नभएको बताउनुभयो ।

प्रवक्ता महराले संसद् सञ्चालन गर्नका लागि सबै दलबीच सहमति खोज्नुपर्ने बताउनुभयो ।