काठमाडौं- विपक्षी एमालेको नाराबाजीबीच सरकारले भदौ २५ मा बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमाप पेस गरे पनि पारित गर्न बल गरेन ।
प्रतिस्थापन विधेयक पारित नभएका कारण भदौ ३० पछि राष्ट्रिय ढुकुटीबाट सरकारले खर्च नै गर्न नपाउने स्थिति देखा परेको छ ।
सरकारले बजेट पारित नहुँदासम्मका लागि पेस्की खर्चसम्बन्धी कानुन पनि बनाएन। अब, सरकार सामु दुईवटा मात्र विकल्प छन्। पहिलो, संसद अधिवेशन अन्त्य गर्ने र अध्यादेश जारी गरी बजेटलाई निरन्तरता दिने। दोस्रो चार दिन राष्ट्रिय ढुकुटी ठप्प पार्ने र मुलुकलाई बन्धक बनाउने। सरकारले पहिलो विकल्प रोज्दा फेरि पनि संसद्को सामना गर्नैपर्ने हुन्छ।
पूर्वअर्थ सचिव सुमन शर्मा भने बजेट विहीनताको अवस्थामा धेरै नै अप्ठ्यारो अवस्था आउने बताउनुभयो ।
अर्थमन्त्री शर्माले भने दुई चार दिन खर्च नहुँदैमा असर नपर्ने हल्काफुल्का जवाफ दिनुभयो ।





प्रतिक्रिया