काठमाडौं- पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २:०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।








प्रतिक्रिया