अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाबाट फर्केलगत्तै अध्यक्ष ओली बुटवलतिर

झापाबाट फर्केलगत्तै अध्यक्ष ओली बुटवलतिर


काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी बाहिरका कार्यक्रमलाई प्राथमिकता दिन थाल्नुभएको छ ।

मंगलबार आफ्नो गृहजिल्ला झापामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएका अध्यक्ष ओलीले आज रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बुटवलमा हुने कार्यक्रमका लागि उहाँ बुधबार बिहान त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताउनुभयो ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भूसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।