अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारले अब घन्टाघर भत्काउँछ, हामी आएर भव्य बनाउँछौं : ओली

वर्तमान सरकारले अब घन्टाघर भत्काउँछ, हामी आएर भव्य बनाउँछौं : ओली


बुटवल– नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भत्काउने काम मात्रै गरेको बताउनुभएको छ ।

आज बुटवलमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अब घन्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाउनुभयो ।

‘हामीले धरहरा बनायौं । रानीपोखरी बनायौं,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अब यिनीहरूले घन्टाघर भत्काएर नयाँ बनाउने रे । यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौं । एमालेले बनाउँछ।’ उहाँले भन्नुभयो ।