अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोवाइलमा अब कोरोनाको ठाउँमा जनगणनाको ‘रिङ टोन’

मोवाइलमा अब कोरोनाको ठाउँमा जनगणनाको ‘रिङ टोन’


काठमाडौं -लामो समय देखि मोवाइलमा कोरोनाबाट जोगिने सन्देश सहितको रिङ टोन राखेको नेपाल टेलिकमले आजबाट जनगणनाको सन्देश सहितको रिङ टोन राखेको छ ।
कोरोना संक्रमणका कारण गत बैशाख २० गते देखि स्थगित भएको जनगणनाको स्थलगत सर्वेक्षणको काम हिजोबाट सुरु भएको छ । करिब ७० लाख घरमा सुपरभाइजरहरुले हिजो देखि घर तथा घरपरिवार सुचिकरण फारम भर्दैछन् । मुल गणना आगामी कातिक २५ गते देखि मंसिर ९ गतेसम्म हुदैछ ।
टेलिकमले राखेको जनगणना सन्देश सहितको रिङ टोनमा ‘यही कातिक २५ गते देखि मंसिर ९ गतेसम्म मुख्य प्रश्नावली भर्नका लागि प्रत्येक घर परिवारमा खटिइ आउने कर्मचारीहरुलाई सत्यतथ्य विवरण उपलब्ध गराई राष्ट्रिय जनगणना २०७८ सफल पार्न केन्द्रीय तथ्यांक विभाग हार्दिक अनुरोध गर्दछ । मेरो गणना मेरो सहभागिता । ’
जनगणनालाई राष्ट्रिय अभियानको रुपमा लैजान रिङ टोन प्रचारको प्रभावकारी माध्यम भएको विभागका जनगणना शाखा प्रमुख ढुण्डीराज लामिछानेले बताउनुभयो । ‘आज देखि मंसिर १५ गतेसम्मका लागि नेपाल टेलिकमका मोवायलमा यो रिङ टोन बजाउने सहमति टेलिकमसँग गरेका छौं’ लामिछानेले भन्नुभयो ।