अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिराहरू एमालेमै छन्, सिसाका केही टुक्रा मात्र फुटेर गए : कृष्णगाेपाल श्रेष्ठ

हिराहरू एमालेमै छन्, सिसाका केही टुक्रा मात्र फुटेर गए : कृष्णगाेपाल श्रेष्ठ


काठमाडौं – नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीमा कुहिएका फलहरु झरेर गएका बताउनु भएको छ । नेकपा एमाले काठमाडौं कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले माधवकुमार नेपालहरुप्रति लक्षित गर्दै त्यसो भन्नुभएको हो । एमाले रूखबाट असल असल फल फल्ने गरेका बताउँदै उहाँले भन्नुभयो (कुहिलेकाहीँ केही फलहरू कुहिएको फल्न सक्छ, कुहिएका फलहरू झर्न सक्छ, रूख सही सलामत हुन्छ, एमालेको रूख सही सलामत छ, एमालेमा केही फलहरू कुहिएका थिए, अस्ति जेठ ९ गते निर्वाचन आयोगमा गएर झर्‍यो ।

हिराहरु पार्टीमै रहेका र सिसाका टुक्राहरु फुटेर गएका बताउँदै श्रेष्ठले भन्नुभयो (हिराहरु एमालेमै छन्, सिसाका केही टुक्राहरु फुटेर गएका छन् । एमाले हिराहरुको पार्टी भएको भन्दै उहाँले हिरा र काँच छुट्याउन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेकपा एमाले हिरा र सुनको पार्टी भएको भन्दै उहाँले पित्तल र सिसाका टुक्राहरु फुटेर गएका पनि बताउनुभयो । नेता श्रेष्ठले भन्नुभयो (हीरा र सुनमात्र एमालेमा बाँकी छ, यो हीरा र सुन तपाईंहरू मात्र हो, दुई जना पुलिस आउनेबित्तिकै भाग्ने हुल के काम रु सय जना पुलिस आउँदा पनि भिड्ने पार्टी एमाले हुनुपर्छ ।

नेकपा एमाले सतिसालहरुको पार्टी भएको भन्दै उहाँले सतिसाल हुन धेरै संघर्ष गर्नुपर्ने बताउनुभयो । एमाले संग्लो पानी भएको बताउँदै उहाँले भन्नुभयो (एमाले संग्लो पानी हो, एमाले महानदी हो, एमाले महासमुन्द्र हो ।

नेता श्रेष्ठले काठमाडौं एमालेको लालकिल्ला भएको बताउनुभयो । आगामी दिनमा पनि लालकिल्ला बनाउन उहाँले नेता कार्यकर्तामा आव्हान गर्नुभयो । काठमाडौं जिल्ला एमालेको लालकिल्ला भन्दै उहाँले नारा लगाएको शैलीमा मन्तव्य राख्नुभयो । राजधानी जाग्यो र बच्यो भने देशै जाग्ने भन्दै उहाँले देशभर एमालेलाई अझ बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।

नेकपा एमाले जनताको हृदयमा बसेको पार्टी भएकाले आगामी दिनमा पनि जनताको आँखामा राख्दा नबिझाउने पार्टी बनाउने बताउनुभयो ।